मित्र हरु,
नमस्कार ! ! !
प्रतिकृया तथा सुझाब हरुका लागि धन्यवाद।
गोपाल सुबेदी ज्यु,
नेपाल मा ५ तारे होटलले Spring Lamb leg प्रती किलो रु १२००।०० का दर मा किन्दछन। नेपाल मा पनि हाल भेडा भाख्रा पाल्ने चलन चलायर मासु को आपुर्ती देश भित्र बाट नै गर्न सकिन्छ र बिभिन्न स्थान मा Slughter House खुली सकेका छन साथै -१८ डिग्री को कोल्ड स्टोर मात्र छ तर -४२ डिग्री को चिस्यान केन्द्र (Frozen System ) चाहिने र मासु Packing का लागि Vaccum Pressure System पनि चाहिने हुंदा अष्ट्रेलिया मा रहेका कोही नेपाली हरु ले त्यो ब्यबस्था सिकेर आउनु भयको खण्ड मा नेपाल मा नै भेंडा पाली, कच्चा पदार्थ का रुप मा उन र छाला निकाशी गर्न सकिन्थ्यो।
एक समय जापान सरकार बाट दिनको २ लाख Cut Flower को मांग आयो नेपाल मा। म नेपाल उद्ध्योग बानिज्य महांसंघ अन्तर्गत Trade and Fair Committee मा थियं, हामीले सबै लाई खबर गरेउं कोही छन कि त्यो काम गर्न भनेर, सबै तम्सिय काम गर्न। अन्तमा हामी भनौं वा नेपाल नै असफल भयो त्यो काम गर्न। कारण हाम्रो बिमानस्थल मा चिस्यान केन्द्र नै रहेनछ, दिनको २ लाख वोटा फूल कहाँ राख्ने ? सोही समय मा गिरिजा को मा Delegation गयर चिस्यान केन्द्र बनाउन मांग गरेउं। त्यसैले साथी हरु सरकार लाई सबै कुरा थाहा नहुन सक्छ। आफु ले जानेको , पढेको र सिकेको बिकास का पूर्बाधार हरु सरकार लाई देखाउने हो भने नेपाल मा नै प्रशस्त रोजगारी को श्रीजना गर्न सकिन्छ।
-४२ डिग्री को चिस्यान केन्द्र स्थापना गर्ने हो भने नेपाल मा उत्पादित तरकारी खेर नजान सक्छ,
Tomatoe puree, tomatoe pulp, Chopped tomatoe र ketchup बनाउने प्रबिधी भित्र्याउने हो भने आबश्यक भन्दा बढी उत्पादन भयका गोलभेंडा हरु प्रयोग गरी त्यस बाट बनेका पदार्थ हरु बिदेश मा निर्यात पनि गर्न सकिन्छ, अधिकांश Curry Restaurant हरु मा बिक्री हुने पदार्थ हुन यि।
अष्ट्रेलिया मा हुने हरु भेंडा को मासु प्रसोधन गर्ने काम सिकेर उठ
इटली मा हुने हरु Tomatoe Pulp, Puree र Chopped Tomatoe बनाउन सिकेर उठ
बेलायत मा बस्ने हरु Re-cycling र Water sewage Treatment Plant सिकेर उठ
अमेरिका मा बस्ने हरु Drainage र Landfill Site हेरेर सिकेर उठ
Israel मा हुने हरु ५० ग्राम बिउ ले १०० किलो आलु उत्पादन गर्ने प्रबिधी सिकेर उठ
नेपाल को फेर्न मुहार , नेपाल को फेर्न मुहार
धन्यवाद
कृष्ण गोपाल श्रेष्ठ
कृष्ण गोपाल ज्यु
नमस्कार
तपाईं को यो कमेन्ट पढेर निकै हौसिएको छु । मैले आमा उपन्यास पढेपछी आफ्नो परिवार नै सुरुमा परिवर्तन गर्न आँफैलाई च्यालेन्ज गरेको थिए । क्रमश मैले जातभात र रुढिबादी परम्परा ब्याप्त मेरो परिवारलाई परिवर्तन गर्दै लगे । तपाईंको यो कमेन्टलाई सेभ गरेर मेरो बिकास सम्बन्धी ब्लगमा राख्ने छु र भबिष्यमा मेरोलाई परिवार तपाईंले सिकाउनु भएको केही आर्थिक उपार्जनका बाटोहरु सिकाउनेछु । हुन त म फिन्ल्यान्डमा छु धेरैले गफ दिए भन्छन तर म फिन्ल्यान्ड मै हुँदा पनि नेपाल फर्केपछी कसरी नाम र दाम कमाउ भनेर नयाँ नयाँ कुरा सिकिरहन्छु । दुई वटा बिजिनेस प्लान पनि बनाइसकेको छु । आशा छ केही जागरुक युवासँग मिलेर त्यो काम पनि पुरा गर्नेछु ।
साथै अर्को एउटा काम याद आयो । काठमाडौंको निउ प्लाजा स्थित एउटा तराई मुलको ब्यक्तीले चना चटपटे बेचेर काठमाडौंमा जग्गा जोडेको भन्ने त्यही बेला सुनेको थिए र मैले अन्य धेरै त्यस्ता ब्यापारीलाई सोध्दा दिनको ३०० देखी ७०० सम्म हुन्छ भन्थे जब कि तिनीहरुको पुरा दैनिक लगानी ८० रुपैया पनि हुँदैन । भने स्वत: महिनाको ६००० देखी १८००० सम्म हुने भयो । अनी बेकारमा साउदी र कतार गएर जिउ ज्यान दिएर महिनाको १०००० बचाउनु भन्दा बिहान कलेज गएर पार्ट टाईम त्यही काम गर्दा हुँदैन र ? तर धेरै युवा को मन मा एउटा कुरा आउछ यो कुरा गर्दा " छि : चना चट्पटे बेच्दा स्कुलको साथीले देखे के भन्ला ? छिमेकीले के भन्ला ? लाजै मर्नु । अरुले कुरा मात्र काट्छन ।" अनी सकिन्छन सबै कुरा । तसर्थ अरुले के भन्ला भनेर श्रम गर्न छोड्न नहुने कुरा पनि फिन्ल्यान्ड आएर सिकेको हुँ । म यहाँ क्लिनिङ काम गर्छु । म लजाउदिन आफ्नो श्रम भन्न ।
तपाईंको अती नै उपयोगी कमेण्टको लागी धेरै धेरै धन्यवाद ।
-साक्ष्यात सुशिल
आदरणिय पुरु जोशी ज्यु,
नमस्कार ! ! !
सार्है मन रोयो हजूर को लेख ले।
नेपाली हरु बिदेशिनु का कतिपय कारण हरु सबैले आ-आफ्नै ढंग ले प्रस्तुत गरी सक्नु भयी सक्यो र बिदेश को दुख पनि थाहा भयी सक्यो। कृपया यो लेख मा समस्या समाधान का उपाय हरु मात्र लेखेर पठाउन हुन संपूर्ण पाठक हरुमा अनुनय बिन्ती गर्दछु।
मैले देखेको नेपाल मा :
साधारण तरकारी खेती गर्ने हो भने लौका, फर्सी, घिरौंला, चिचिण्डा, राम्तोरिया, कांक्रो, सिमी, बोडी, पाते सिमी, तिते करेला, भन्टा तथा Squash सजिलै उत्पादन गर्न सकिने र हात हातै बिक्न सक्ने जात का हुन। आलु, काउली , बन्दा गोबी यस्ता केही बढी ध्यान दिनु पर्ने मा पर्दछन।
चाइना को खासा क्षेत्र का लागि दिन को २-४ ट्रक हरियो तरकारी को आवश्यकता पर्दछ त्यस्तै काठमाडौं का लागि दिनको दसौं ट्रक गोल्भेंडा लालबन्दी बाट आउंछ र दिन को १५०० खसी को खपत भयको तथ्याङ्क ले देखाउछ।
अब सवाल यो छ कि हामी नेपाली हरु नै नेपाल मा काम गरेर खाने कि नखाने भन्ने हो?
आफु संग रोजगार नै नभयिकन बिलासिता को जिन्दगी बिताउने रहर पाल्नु हामी नेपाली हरुको कमजोरी भयता पनि त्यसै लाई मार्ग दर्शन का रुप मा लियी आफ्नो मेहनत आफ्नै देश मा लगानी गर्ने कोशीस गराउने हामी सबै को जिम्मेवारी हुन आउंछ।
साथै कुनै योजना बनाउनु छ भने नेपाल उद्ध्योग बानिज्य महांसंघ का शाखा हरु तथा बाली बिकास केन्द्र, कृषि बिभाग का शाखा हरु मा संपर्क राख्ने गरौ गरावोउं।
कृपया यस् लेख मा प्रोत्शाहन का शब्द हरु मात्रै लेखी दिन हुन पुन: एक पटक अनुरोध गर्दछु।
धन्यवाद
कृष्ण गोपाल श्रेष्ठ
Wednesday, August 12, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment