Tuesday, June 30, 2009

'ज्याबल चलाउन सिपालुले बनाउनेछ नयाँ नेपाल'

सीप-संवाद
डा. रामहरि लामिछानेसँग

गाउँ-गाउँका चौतारी र चियापसलमा बसेर बेफ्वाँक गफ लडाइरहेका या क्यारमबोर्ड खेलिरहेका मानिसदेखि सहर-सहरका चोक, गल्ली र सडकमा यसै बसिरहेका या भौंतारिरहेका मानिससम्म, बेरोजगारी थुनछेक गर्नै नसक्ने महामारीझैं बढिरहेको छ । पौरख गर्न सक्ने युवा पाखुरीमा सातपत्रे खिया परेको छ । प्रत्येक युवा, यस्तो लाग्छ, निचोरिएको कागतीजस्तो अनुहार र हतास मनस्थिति बोकेर बाँच्न अभिसप्त छ । त्यसो त, आर्थिकमन्दीका कारण हाल सम्पूर्ण जगत् नै बेरोजगार भएको छ ।

नेपालमा ४५ देखि ५० प्रतिशतसम्म बेरोजगार हुन सक्ने बताउँछन् रोजगारीका लागि सीप परियोजनाका प्रमुख डा. रामहरि लामिछाने । सरकारी तथ्यांकअनुसार करिब सात प्रतिशत मात्रै बेरोजगार छन् । करिब ४० प्रतिशत अर्धरोजगार छन् भन्छ सरकारी तथ्यांक । नेपालमा न सरकार भरपर्दा छ, न सरकारी तथ्यांक ।

रामहरि डा'साब भन्छन्, 'अर्धरोजगारी आफैंमा बेरोजगारी हो । वर्षमा ३०/४० दिन खेतीपातीको काम गर्ने केको अर्धरोजगार ? ऊ बेरोजगार नै हो ।' वास्तवमा बेरोजगार को हो त ? रोजगार, काम या जीविकाको माध्यम नभएको मानिस बेरोजगार हो । 'आर्थिक क्रियाकलापमा संलग्न हुने क्षमता भएको तर हुन नपाएको मानिस नै बेरोजगार हो,' रामहरि बेरोजगारको परिभाषा यसरी गर्छन् ।

एसएलसीपछि आफू एक दिन पनि बेरोजगार नबसेको सगर्व बताउँछन् उनी । यसरी बताउनलायक अर्का कुरा पनि छ रहेछ उनको, 'एसएलसी पछि मैले मेरा अभिभावकसँग एक रुपैयाँ पनि मागेको छैन । पिएचडीसम्म मैले आफ्नै खर्चमा पढेँ ।' एक दिन पनि बेरोजगार नबसेका डा'साबसँग विविध कामका विविध अनुभव रहेछन् । टुरिस्ट गाइड, लेखा सहायक, क्लर्कदेखि ठेकेदारसम्म भएका रहेछन् उनी । 'मसँग ठेक्कापट्टाको 'घ' श्रेणीको लाइसेन्स अझै पनि छ । एक वर्षजति ठेक्कापट्टाको काम गरेँ, २०४२ सालतिर होला ।' दसैंमा टोपी फाटेका मजदुरहरूलाई पैसा दिन नसकेपछि यी चित्लाङेको चित्त कटक्क काटिएछ । 'यस्तो अपराधबोध भयो कि ठेक्कापट्टाको कामै छोडिदिएँ ।'

'कोरा पढाइले केही लछार्दैन अब, कुनै सीप नजान्नेले मैले यति र उति पास गरेको छु भन्नुको कुनै अर्थ छैन’
गिरिब तथा विपन्न वर्गको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा सहभागिता विषयमा पिएचडी गरेका उनी सीपको महिमागान गाएर कहिल्यै थाक्दैनन् । एडिबीको ऋण-सहयोगमा सञ्चालित रोजगारीका लागि सीप परियोजनाका प्रमुख रामहरि भन्छन्, 'हामी नेपालीले अझै पनि सीपको महत्त्व बुझेका छैनौँ । सीपले जनताको जीवन-निर्वाहलाई सजिलो मात्रै बनाउँदैन, यसले त जनतालाई नागरिकका रूपमा देशप्रतिको दायित्व निर्वाह गर्न सक्षम बनाउँछ ।' सीप परियोजनाको हाकिम भएका कारण मात्रै 'जसको सिता, उसको गीता' गरेर उनले सीपको यतिविधि बखान गरेका होइनन् । 'एक डलरभन्दा कम दैनिक आम्दानी भएका गरिब नेपालीको उक्सिने माध्यम भने पनि, उपाय भने पनि सीप मात्रै हो,' उनले तर्क गरे ।

जिनशक्ति तीनथरीका हुन्छन्- दक्ष, अर्धदक्ष र अदक्ष । सीप र शिक्षा दुवै भएको या राम्रो सीप भएको जनशक्ति दक्ष हो भने काम चलाउ सीप भएको अर्धदक्ष र सीप एवं शिक्षा दुवै नभएको चाहिँ अदक्ष । शारीरिक श्रम मात्रै गर्न सक्ने र जान्ने अदक्ष जनशक्ति हुन् । अर्धदक्ष मान्छे काम गर्दै जाँदा अनुभवका आधारमा दक्ष बन्न सक्छ । जस्तो, प्लम्बरको सहायक भएर काम गरिरहेको मान्छे काम गर्दै जाँदा प्लम्बर बन्न सक्छ । धेरै पढ्दैमा कोही दक्ष जनशक्ति भइहाल्छ भन्न सकिन्न ।

नेपालमा यस्तरी बेरोजगारी बढ्नुका के-के कारण हुन सक्छन् ? रामहरिका अनुसार यसका धेरै कारण छन् । तीमध्ये केही हुन्- श्रम र सीपको सम्मान गर्ने संस्कृतिको अभाव, पढेकाले जागिरै खानुपर्छ भन्ने पुरानो मानसिकता, उद्यमशीलताको अभाव, शिक्षित मान्छेले मजदुरी गर्दै नगर्ने प्रवृत्ति आदि ।

'कोरा पढाइले केही लछार्दैन अब,' उनी भन्छन्, 'कुनै सीप नजान्नेले मैले यति पास गरेको छु र उति पास गरेको छु भन्नुको कुनै अर्थ छैन । युरोपमा यौटा प्रोफेसर वेटरको काम गरिरहेको भेटिन सक्छ ।'

शिक्षित मान्छेसँग सीप पनि छ भने धेरै सजिलोसित उन्नति गर्न सक्छ भन्ने उनको ठम्याइ छ । कसरी ? उनी उदाहरणसहित व्याख्या गर्छन्, 'मानौं, एक शिक्षितले कुनै व्यावसाय सुरु गर्‍यो । उसलाई बैंकसँग कसरी काम गर्ने, ऋण कसरी लिने, बजारमा कसरी जाने आदिमा जानकार हुन धेरै समय लाग्दैन । त्यस्तै, पढे-लेखेको मान्छेले कुकिङ पनि सजिलै गर्न सक्छ किनभने कुकिङसम्बन्धी कुरा पढ्न र चाँडै बुझ्न सक्छ ऊ ।'

उनलाई लाग्छ आजको युवापुस्ता केवल आफ्ना लागि बाँचिरहेको छ । उनीहरूको चरित्र एकदमै व्यक्तिवादी हुँदै गइरहेको र परिवार र राष्ट्रप्रतिको दायित्वबोध उति नगरेकोमा उनलाई गुनासो छ । अपसोच, प्लम्बिङको तालिम दिएझैं परिवार, समाज र राष्ट्रप्रतिको दायित्वबोध सिकाउन तालिम दिन सकिँदैन ।

विर्तमान शिक्षा प्रणालीमाथि पनि डाक्टरसा'बको असन्तुष्टि छ । नहोस् पनि कसरी ? कलेज र विश्वविद्यालयहरू केवल बेरोजगार उत्पादन गर्ने कारखानाजस्तै भएका छन् । उनको विचारमा हाम्रो शिक्षा-प्रणाली जागिरमुखी छ, उद्यममुखी छैन । यसको दृष्टान्त लोकसेवाको गाइड बोकेर हिँड्ने विद्यार्थीहरू हुन् । त्यस्तै, एकेडेमिक क्यालेन्डरअनुसार पठनपाठन नहुनु, शिक्षामा अनावश्यक राजनीतिकरण हुनुजस्ता कुराले पनि देशलाई दक्ष जनशक्ति प्राप्त गर्नबाट वञ्चित गराइरहेका छन् भन्ने तर्क छ डाक्टरसा'बको ।

उनका अनुसार सीपयुक्त जनशक्ति तयार गर्न माध्यमिक तहदेखि नै यौटा/दुइटा विषयमा व्यावसायिक शिक्षा दिनुपर्छ । 'दैनिक जीवनका सानातिना काम निम्ट्याउने सीप पनि हामीसँग छैन,' उनी भन्छन्, 'यौटा सामान्य पेचकिला खुस्क्यो भने मिस्त्री बोलाउन जान्छौँ ।'
सरकारको नीति पनि सीपयुक्त जनशक्ति उत्पादन गर्न सहायक छैन भन्छन् उनी । यसखाले नीति ठीक भएको जर्मनीको उदाहरण दिन्छन् उनी, 'त्यहाँको सरकारी नीति कस्तो छ भने कुनै उद्योग दर्ता गर्दा त्यस उद्योगले टेक्निकल स्कुलका यति विद्यार्थीलाई ओजेटी (जागिरसहितको प्रशिक्षण) दिन्छु भनेर कबुलनामा गरेको हुन्छ ।'

उनले सीपको जतिसुकै वकालत गरे पनि सिकर्मी, डकर्मी, मिस्त्री, चर्मकार, सूचिकार, लोहारजस्ता हातमा विशिष्ट सीप भएकालाई समाजमा हेयदृष्टिले हेरिन्छ । उनका अनुसार कामलाई भन्दा पद र पैसालाई सम्मान गर्ने हाम्रो मानसिकताका कारण यसो भएको हो । 'युरोपतिर ब्ल्याक कलर जब (बढी श्रम पर्ने काम) गर्नेले घन्टाको ७० युरो कमाउँछ भने ह्वाइट कलर जब (टेबलमा बसेर कलम घुमाउने काम) गर्नेले घन्टाको ३०/४० युरो कमाउँछ । त्यहाँ श्रम र सीपलाई पारिश्रमिकले सम्मान गरेको छ ।'

विदेशमा युनिभर्सिटी ग्य्राजुएटहरू खेतमा ट्याक्टर चलाइरहेका हुन्छन् । तर, हामीकहाँ पढेकाहरू कोदाली नै समाउन हुँदैन, हिलोमा टेक्नै हुँदैनजस्तो गर्छन् । अझ रमाइलो त के भने कृषि पढेकाहरूसमेत तरकारीखेती या यस्तै कृषिसम्बन्धी काम गरिरहेका हुँदैनन् । डाक्टरसा'ब भन्छन्, 'उनीहरूले खेतीपातीको काम सम्हाले उत्पादनमा वृद्धि हुन्थ्यो । कृषिको आधुनिकीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्थे उनीहरू ।'

नेपालमा सीपमूलक कामका कस्ता-कस्ता सम्भावना छन् त ? कति सम्भावना छन् त ? डाक्टरसा'बका अनुसार प्रचुर छन् । कुन-कुन क्षेत्रमा के-के सम्भावना छन्, उनले प्रस्तुत गरेको सूची यस प्रकार छ :
निर्माण क्षेत्र : सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्टि्रसियन, टायल/मार्बल फिटर, पेन्टर आदि
कृषि क्षेत्र : पशुपालन प्राविधिक, तरकारी उत्पादक, फलफूल/खाद्य प्रशोधनकर्ता, कृषिसँग सम्बन्धित मिस्त्री
पर्यटन क्षेत्र : गाइड, कुक, वेटर, हाउसकिपर, रिसेप्सनिस्ट, बडी मसाजर, केयर-गिभर आदि
स्वास्थ्य क्षेत्र : अनमी, सिएमए, स्वास्थ्य सहायक आदि
मेकानिकल क्षेत्र : वेल्डर, गाडीको मिस्त्री, मोटरसाइकल मिस्त्री आदि

अनि, सीप सिक्दाका फाइदा के-के छन् त ? उनका अनुसार सीपले रोजगारीको अवसर दिलाउँछ, व्यक्तिको आम्दानीमा केहीगुना वृद्धि गराउँछ र चाँडो वृत्तिविकास गराउँछ । उनी भन्छन्, 'नेपालबाट अरब गएका सामान्य मजदुरले मासिक ७-१० हजार कमाउँछन् भने दुई वर्षको तालिम लिएर सीप सिकेकाले दसौंगुना बढी कमाउँछन् । दुबईको निर्माणाधीन मेट्रो रेलमा काम गर्न नेपालबाट चार हजार मानिस गएका छन् । टेक्निकल एसएलसी गरेकाले त्यहाँ मासिक ८० हजार कमाइरहेका छन् भने सामान्य मजदुर १०/१२ हजार मात्रै कमाइरहेका छन् ।'
सरकारी र निजी क्षेत्रका गरी सीपमूलक तालिम दिने संस्थाहरू नेपालमा पाँच सयभन्दा बढी रहेछन् । तर, तालिमसम्बन्धी समस्या थुप्रै छन् भन्छन् उनी । 'सरकारले सीपमूलक तालिमको समन्वय गर्न सकिरहेको छैन ।
प्रशिक्षक कम छन् । त्यसमाथि सीप सिकाउने सिपालु प्रशिक्षक कम छन् । ग्रामीण क्षेत्रमा तालिम दिने निकाय छैनन् । लक्षित वर्गसम्म तालिमको न जानकारी पुर्‍याउन सकिएको छ, न अवसर ।'

यी डाक्टरसा'ब काम पाइएन भनेर सुस्केरा हाल्नेहरूदेखि छक्क पर्दा रहेछन् । भन्छन्, 'यहाँ कामै-काम छ । बरु हामीसँग काम गर्ने जाँगर, सीप र हिम्मत छैन ।' उनका अनुसार काठमाडौं कवाडीको काम (फलाम, प्लास्टिक जम्मा गर्ने कामको व्यवस्थापन गरेर) गरेर कति भारतीयहरू १०/१२ वर्षमा करोडपति भएका छन् ।
'बेरोजगार हुँ भन्नु यौटा रोग हो,' उनी घोषणा गर्छन् (जो सार्वजनिक हितका लागि सहायकसिद्ध हुन सक्छ) । उनी भन्छन्, 'नयाँ नेपाल जागिर खोज्ने युवाले होइन, जागिर सिर्जना गर्ने युवाले मात्रै बनाउन सक्छन् ।'

विनोदविक्रम केसी
gkcbinodbikram@gmail.com

http://www.nayapatrika.com/newsdetail.php?id=906281225215055&n_id=25

Saturday, June 27, 2009

पोखराका एक युवाले

कान्तिपुर संवाददाता
कास्की, पोखराका एक युवाले इन्धन र विद्युत् बिनै चल्ने इन्जिन तयार गरेका छन् । इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थी महेश त्रिपाठीले ४ वर्षको अनुसन्धानपछि उपकरण बनाउन सफलता पाएको बताए ।
पेट्रोलियम पदार्थ र लोडसेडिङको मारले सर्वसाधारणलाई अप्ठ्यारो पारेपछि त्यसको विकल्प खोजीमा आफू लागेको उनले बताए । 'पर्मानेन्ट मेगनेटिभ पार्वर' -चुम्बकीय शक्ति) बाट चल्ने 'सुपर एम' नामक उपकरण नौलो रहेको दाबी पनि उनको छ । 'मैले इन्टरनेटमा पनि खोज गरे विश्वमा यस्तो उपकरण बनेको छैन' त्रिपाठीले दाबा गर्दै भने- 'यो विश्वमा नै अनुसन्धान नभएको नयाँ आविष्कार हो ।'

उपकरण चलाउका लागि उनले एउटा डिक्स जडान गरेका छन् जुन दौडिन्छ र चल्छ । उनको यो उपकरणमा हाल ३ सय न्युटन शक्ति क्षमता छ । उपकरणले जेनेटेर र ठूुला मोटरगाडी पनि यसबाट सजिलै चल्न सक्ने उनले बताए ।

बीस वषर्ीय त्रिपाठीको यस आविष्कारलाई शनिबार सिर्जना विकास केन्द्रले एक कार्यक्रमका बीच सार्वजनिक गर्‍यो । अनुसन्धानकै क्रममा १० औं पटकसम्मको परीक्षण असफल भएको उनले बताए । 'एघारांै प्रयासमा इन्जिनले मूर्तरूप लियो' उनले भने- 'अझै पनि यसलाई विस्तार गर्न बाँकी छ ।' उपकरणमा उनले चुम्बक, काठ, कीट, पंखालगायतका सामग्रीहरू प्रयोग गरेका छन् । यो प्रविधि आफैं चल्छ । जसका लागि कुनै इन्धनको आवश्यकता पर्दैन । इन्जिनमा उनले एउटा पंखा र बत्ती पनि जडान गरेका छन् ।

उनले उपकरण निर्माणका लागि व्यक्तिगत रूपमा एक लाखभन्दा बढी खर्च गरिसकेका छन् । स्थानीय रूपमा नै यसको विकास गर्न उनले भोला ढकालसँग मिलेर विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र खोलेका छन् । संयुक्त राज्य अमेरिकाको गागिज लाइटले दिएको ५० प्रतिशत छात्रवृत्तिले आफूलाई उपकरण निर्माण गर्न हौसला मिलेको उनले जानकारी दिए । 'राज्यले सहयोग गरेको खण्डमा यसलाई प्रयोग गरेर देखाउने थिए' उनले भने- 'प्रतिभाको कदर नहुँदा नरमाइलो लाग्छ ।'



Posted on: 2009-06-27 21:23:29

http://www.ekantipur.com/kolnepalinews.php?&nid=201406

Saturday, June 13, 2009

सीमामा भारतीय ज्यादती

दुर्गालाल केसी

दाङ, जेठ ३० - सीमा क्षेत्र अवलोकन गर्न आएको संसदीय र सर्वदलीय दुवै टोलीले नेपाली भूभाग अतिक्रमण र भारतीय पक्षद्वारा चरम ज्यादती भएको ठहर गरेका छन् ।
सभासद पदमलाल विश्वकर्माको संयोजकत्वमा आएको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समिति तथा एकीकृत माओवादीका सचिवालय सदस्य एवं राष्ट्रिय हित संरक्षण समिति सभापति अमिक शेरचनको संयोजकत्वमा आएको १८ दलको सर्वदलीय टोली सीमा क्षे त्रको अनुगमनपछि उक्त निष्कर्षमा पुगेका हुन् ।

'सीमा क्षेत्रमा खपिनसक्नु ज्यादती रहेछ, प्रत्येक गाउँबाट युवती हराएका छन्, कतिको हत्या भइसकेको छ, गाई, बाख्रा, खसी, धनमाल र अनाज नलुटिएका कुनै गाउँ नै छैनन्,' अनुगमन सकिएपछि संसदीय टोली संयोजक विश्वकर्माले खङ्ग्रा नाकामा कान्तिपुरसँग भने, 'सीमा सुरक्षामा तत्काल ध्यान नपुर्‍याए यस्ता घटना बढ्ने देखिन्छ ।'

राज्यको अनुपस्थितिका कारण सीमा क्षेत्रका युवतीहरू अपहरण, बलात्कार, हत्या र बेखबिखनमा परेको संयोजक विश्वकर्माले बताए । सीमा क्षेत्रका भारतीय नागरिक र सशस्त्र सीमा बल -एसएसबी) को ज्यादतीका कारण हजारौं नागरिक विस्थापित हुनुपरेको उनको भनाइ छ । 'सीमावासी भारतीय ज्यादती, यौनशोषण, अपहरण र लुट सहन नसकेर विस्थापित भएका रहेछन्, एसएसबीले दुई किलोभन्दा बढी खाद्यान्न ल्याउन रोक लगाइदिएकाले उनीहरूको दैनिक गुजारामा समेत बाधा पुगेको छ, उनीहरूले उठाएका समस्या जायज र यथार्थ भेटिए,' उनले भने, 'यसमा तत्काल सबै राजनीतिक दल र राज्यले गम्भीरता देखाउनुपर्छ ।' सीमा र सीमावासीको सुरक्षाका लागि सीमा क्षेत्रमा २/३ किलो मिटरको फरकमा सशस्त्र बल राख्नुपर्ने आवश्यकता महसुस भएको उनले जानकारी दिए । 'भर्खरै स्थापित भएका प्रहरी चौकीमा प्रहरी थप गनर्ुपर्छ, त्यो १० जना प्रहरीले कसरी गस्ती गर्ने, कसरी चौकी जोगाउने भन्ने समस्या देखियो,' विश्वकर्माले भने, 'अहिले भइरहेको लुट, हत्या, अपहरण र बलात्कारलाई सुरक्षा बलले थेग्न सक्दैन ।'

जेठ २६ गते जिल्लाको पूर्वी नाका कोइलाबासबाट पसेको संसदीय टोली र पश्चिमी नाका भौवाबाट पसेको सर्वदलीय टोलीले २२ वटै नाकामा एकैखाले समस्या भएको बताएका छन् । अधिकांश सीमास्तम्भ जीर्ण भएको, जंगे पिलर नभेटिएको, सबै ठाउँमा नयाँखाले पिलर भे टिएको र नेपाली भूमि अतिक्रमण भएको दुवै टोलीले बताएका छन् । सीमा क्षेत्रमा नापी नभएकाले कति भूमि अतिक्रमण भयो भनेर यकिन गर्न भने कठिन भएको टोलीले जनाएको छ ।

नेपाली भूमिमा भारतीय सशस्त्र बलले हतियारसहित गस्ती गर्ने र नेपाली रूख र घरहरूमा टाँचा लगाउने कार्यले नेपाली त्रसित भएको सवर् दलीय टोली संयोजक अमिक शेरचनले बताए । उनले राजपुरका रनियापुर र चिलोरियामा भारतले अतिक्रमण गरी आफ्नो भूमि दाबी गर्दै आएको जानकारी दिए । 'उनीहरूसँग नेपाली नागरिकता छ, त्यो भूमि पनि नेपालमै पर्छ तर भारतले आफ्नो दाबी गरी भारतीय नागरिकलाई पनि बसालेको पाइयो,' अनुगमनपछि शनिबार लमहीमा पत्रकार सम्मलेन गर्दै संयोजक शेरचनले भने, 'यो भारतको अतिक्रमण हो । खिरकी

नाकामा नेपाली बस्तीभित्र हतियारसहित आएर एसएसबीले रूख र घरहरूमा सीमाको टाँचा लगाइदिएको छ । यसले नेपालीहरू आतंकित भएर विस्थापित भएको पाइयो ।'

अनुगमनका क्रममा सीमा क्षेत्रका जंगलमा पुराना पिलरहरू पनि भेटिएका छन् । कोइलाबासदेखि तीन किलोमिटर दक्षिण भारततर्फ नेपाल बोर्डर पुग्न एक किलोमिटर बाँकी लेखिएको पुरानो ढुंगाको पिलर भेटिएको छ । उक्त पिलरमा भारतको जरवा पुग्न दुई किलोमिटर बाँकी ले खिएको छ जुन दूरी ठीक छ तर नेपालको दूरी मात्रै फरक परेको छ । जसअनुसार नेपाल भूमि दुई किलोमिटर मिचिएको टोलीको आशंका छ । 'यो पिलरले ठूलो आशंका उत्पन्न गरेको छ,' संसदीय टोलीका संयोजक विश्वकर्माले भने, 'यसबाट पछिल्लोपटक सीमास्तम्भ राख्दा नै नापी टोलीबाट गडबड भएको देखिन्छ । यसलाई हामी राज्य तहबाटै कूटनीतिक पहलका लागि गम्भीररूपमा कुराकानी गर्छौं ।'

अनुगमन टोलीले सीमा स्पष्ट नभएको बताएको छ । दसगजा क्षेत्र नछुट्याएको, सीमास्तम्भ हराएको तथा सीमास्तम्भ र बोर्डरलाइनको दूरी फरक भएकाले सीमा अस्पष्ट भएको टोलीको भनाइ छ । राज्यले तत्काल सीमा पुनर्ताजगीकरण र पुनरावलोकन गरी सीमा दुरुस्त पानर्ुपर्ने आवश्यकता रहेको टोली संयोजक विश्वकर्माले बताएका छन् । 'केही पिलर हराएका छन्, केही जीर्ण छन् । एसएसबीले सीमा यो होइन भनेर नेपाली क्षेत्रका ढुंगा र रूखहरूमा निसाना लगाउने गरेको छ,' उनले भने, 'यसले गर्दा सीमा अन्योलपूर्ण छ । यसलाई तत्काल दुरुस्त पानर्ुपर्छ । यसका लागि कूटनीतिक पहल गर्न हामी परराष्ट्र, भूमिसुधार र गृह मन्त्रालयलाई आग्रह गर्छौं ।'

अनुगमनमा सहभागी नापी विभागका अधिकारीले पनि सीमा दुरुस्त गनर्ुपर्ने बताएका

छन् । जिल्लाको कोइलाबासका दुई प्लटबाहेक कुनै पनि नाकामा नापी नभएकाले जमिन अतिक्रमण भएको स्पष्ट छुट्याउनसमेत कठिन भएको नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीले बताए । 'नापी पनि भएको छैन, दसगजा पनि छुट्याएको छैन,' उनले भने, 'यसले अतिक्रमणकारीलाई सजिलो बनाएको छ । जतिसक्यो छिटो दसगजा स्पष्ट गनर्ुपर्छ ।' नापी नभएमा अतिक्रमण बढ्ने सम्भावना भएकाले सीमा सुरक्षाका लागि तत्काल नापी गर्न जरुरी रहेको उनले बताए । सीमा क्षेत्रमा खाडल खन्नु सीमा नियमविपरीत भएको र यसले सीमा अतिक्रमण बढ्दै जान सक्ने नापी विभागका अधिकृत शशिनरसिंह रायमाझीले बताए । 'सीमारेखा लाइनमै लामा खाडलहरू खनिएको छ,' रायमाझीले भने, 'एकतर्फीरूपमा यसो गर्न पाइँदैन । केही गनर्ुपरे दुई देशको सहमति चाहिन्छ ।'

दाङ-कपिलवस्तु सीमा क्षेत्रको अर्रा नाकादेखि दाङ बाँके सीमा क्षेत्रको भौवा नाकासम्म ७९ पिलर रहेका छन् । जसमध्ये अधिकांश पिलर टुटे फुटेर जीर्ण रहेका र खबरी खोलास्थित ४८ नं. को -नयाँ ६०२/१) पिलर हराएको पाइएको नापी अधिकृत रायमाझीले बताए । 'पिलरहरू भत्केर सिमाना मेटिने अवस्थामा पुगिसकेका छन्,' उनले भने, 'यसको मर्मतका लागि सरकारलाई भनेको धेरै भइसक्यो, पाँच वर्षअघि पनि यस क्षेत्रका पिलरहरू जीर्ण थिए । अहिलेसम्म पनि केही पहल भएको छैन ।'

http://www.ekantipur.com/kolnepalinews.php?&nid=199067

Saturday, June 6, 2009

ग्राण्ड डिजाईन

करिब ४ बर्ष अगाडि निर्मलमणी अधिकारीद्वारा सम्पादित एउटा पुरानो (नाम याद छैन ) पत्रीका पढ्न पाएको जसमा लेखिएको थियो - क्रेग फुलर नाम गरेको अमेरिकाको पि आर कम्पनी सन्चालक नेपाल आएका थिए । उनी ठुला ठुला राजनीतिक उतार चढावको डिजाइन गर्ने गर्छन् , पैसा लिएर । यहाँ सम्म कि पहिलो पटक इराक युद्धको लागि जनमत उनैले सिर्जना गरेका थिए । उनले नेपालको राजतन्त्र ढाल्नको लागी कुनै बिदेशी शक्ती केन्द्रसँग पैसा लिएर नेपालको भु राजनीतिको राम्रो अध्ययन गरेर गएका रहेछन । राजतन्त्र ढालेपछी नेपालमा उत्पन्न हुन सक्ने जातिय नारालाई आफ्नो अनुकुल बनाएर तराइ टुक्राउने अथवा तराइलाई सुरोतको एक्काको रुपमा प्रयोग गरेर नेपाललाई सधैं आफ्नो बसमा पार्न यो षड्यन्त्र गरिएको देखिन्छ ।
जब यो लेखियो । त्यो बेला यो कुरा विश्वाशनिय देखिएन तर अहिले आएर क्रमश सबै कुरा मिल्दै आएका छन । अफ्सोचको कुरा षड्यन्त्रको डिजाइन उनले गरे पनि षड्यन्त्रमा भागीदारहरुलाई आफु प्रयोग भएको हु भन्ने पत्तो हुँदैन । सबैले आफ्नो काम गरेक हुँ, आफ्नो बिबेक प्रयोग गरेको हुँ जस्तो लाग्छ तर फाईदा अरुकै लागि जान्छ । जस्तै यि घटना हेरौ :

1." नेपाल क्यान नट बि दिफिटेड बाइ बुलेट बट ब्यालेट " - इन्दिरा गान्धी (यसबाट प्रष्ट हुन्छ नेपाल प्रती भारतिय बिस्तारबादीको दृष्‍टिकोण कस्तो छ ? )

2.नेपालको हरेक जसो निर्वाचित सरकारलाई भारतले नागरिकता बिधेयक पारीत गर्न जोड दिनु ।

3.नेपालको राष्ट्रियता एउटा स्थायी संस्था 'राजतन्त्र'को नेत्रित्वमा चल्नु । त्यो संस्थाको झुकाव सधैं चीन तिर बढी देखिनु । सेना जस्तो शक्तिशाली अङ्ग समेत राजसंस्थाको मातहतमा रहनु । जुन भारतको लागि सदै चिन्ताको बिषय हो ।

4.बिरेन्द्र बोआओ सम्मेलनमा चिनियाहरुसँगको सहमतीमा राजनीतिक कदम चाल्न खोज्दा हतियार बहाना वा प्रेमिकाको बहानाको रुप दिएर राजदरबार हत्याकाण्ड हुनु । हत्याकाण्ड प्रती काङ्रेस मौन बस्नु, बिद्रोही माओवादीले प्रष्ट बिदेशी शक्तिकेन्द्रको षड्यन्त्र देख्नु ।

5.हत्याकाण्ड माइला काका , पागल प्रेमी वा काकाको छोरा वा अरु जसले गरे पनि एक्लैले पक्कै आटेका थिएनन । पछाडिबाट धाप मार्ने अरु पनि छन ।

6.हत्याकाण्डपछी राजतन्त्र प्रती बलियो जनसमर्थन गुम्यो तर पनि फाल्ने स्थिती थिएन । माघ १९ को कदम अघी राजा ज्ञानेन्द्र भारत जान लागेका थिए तर कारणबश भारतको पुर्ब प्रमको मृत्‍युको कारण स्थगित गरे । उनी किन जादै थिए ? र लगतै किन कदम चाले ? राजाले आफ्नै बिबेकमा मात्र कदम चालेका त पक्कै होइनन किन भने उनलाई राम्रोसँग थाहा छ कि नेपालमा नुन सम्म त्यहीबाट ल्याउनु पर्छ ।

7.दिल्लीले १२ बुदे समाझ्दारीको बातावरण निर्माण गरिदियो । केही नेता भन्छन त्यो समझदारीको सर्तको रुपमा दिल्लीबाट एउटा प्रस्तव आएको थियो भनेर । त्यो के थियो ? कतै नागरिकता बिधेयक त थिएन ?

8.लगतै जनआन्दोलन-२ भयो त्यही समझदारीमा टेकेर, प्रतिनिधि सभा पुनर्स्थापित भयो । नागरिकता बिधेयक पारीत भयो अनी मकै भटमास जस्तै गरी नागरिकता बांढियो ।

9.नागरिकअता बितरण लगतै तराइ आन्दोलन हुनु । तराईमा शोषित पीडित गरीब नेपालीको बाक्लो उपस्थिती छ तर उनीहरुको जिबन स्तर सुधार हुने नाउमा झन्डै ४० प्रतिशत समानुपातिक उम्मेद्बारीको माग गरियो । यसले ति शोषित पीडित तराईबासी नेपालीको मागलाई सम्बोधन गर्‍यो कि ति पहिलै देखी शोषण गरीरहेका सामन्तीलाई स्थापित गर्‍यो ?

10.त्यत्रो समानुपातिक लिएपछी संबिधान सभामा माग गरियो 'धोती र टोपीको आधारमा सघियता' वा त्यो पनि नभए ' तराईमा हिन्दी भाषा नेपाली नेपाली बिचको चल्तीको भाषा हो तसर्थ भाषाको आधारमा समग्र मधेस एक प्रदेश । ' त्यो पनि आत्मनिर्णयको अधिकार सहित्को सघियता । किन चाहियो आत्मनिर्णय ? तराई र मधेशको समस्या गरीबी र अशिक्षा होइन र ? अनी यसलाई आत्मनिर्णयको अधिकारले कसरी सम्बोधन गर्छ ?

11.अन्तत: मधेश एक प्रदेशको निर्माण गर्ने । जसरी अहिले स्कट्ल्याण्ड बेलायतसँग र ताईवान चिनसँग छुट्टीन निहु खोज्छन त्यसैगरी मधेश टुक्राउन केन्द्रसँग निहु खोज्ने । बेलायत र चीनले देखाउने सैन्य त्राश नेपालको केन्द्रसँग हुने छैन किन भने त्यो बेला एकातिर च्याउ सरी उम्रेका तराई बिद्रोहीसँग हतियार छ । अर्को तिर मधेश मै जनमत सङ्रह वा शान्ती पूर्ण आन्दोलन मार्फत प्रिथक राज्यको माग गरे भने के गर्ने ? तराई टुक्राएर अनिकाल ग्रस्त नेपालमा थप अनिकाल थपेर वा आफु अनुकुल चलाऊने । सके सिक्किम नसके भुटान बनाउने ।

-साक्ष्यात सुशिल

Friday, June 5, 2009

देशभक्ति दिबस

दक्षिण तर्फी फोरमभक्ति उपराष्ट्रपती चरेशानान्द उर्फ परमानन्द झाले हिन्दी भाषामा पद तथा गोपनियताको सपथ कपाकप खाए । मैथिलि मातृ भाषी परमानन्द झालाई हिन्दीमा सपथ खाँदा यती आनन्द आयो की भोली पल्टै मुलुक भर पुतला दहन हुँदा पनि थोप्पो छित्तो दुखानुभुती भएन । म पनि राष्ट्रघाती उप राष्ट्रपतीको पुतल दहन गरेर थकित मुद्रामा घर आएँ । बम्बे डाइङको तन्ना ओछ्याएको खाट्मा पल्टियर बजाज कम्पनीको टि भि खोलेँ । कान्तिपुर समाचारमा झा फेरी हिन्दी मै सपथ खांदै थिए । त्यों बेला मेरी श्रीमतीले चाउ चाउ बनाउदै थिइन । म्यागी चाउ चाउ । साथमा चिया । ब्रुक बन्ड चियापति हालेको । अब दूध एभ्रिडे पाउडर दूध खान्छौँ । अहिले बजारमा भारतीय चीनी आएको रहेछ, अलीकती महँगो छ तर राम्रो दाना छ। परिकार पाक्दै थियो नेपाल ग्यासमा । ग्यासको खबटो मात्र नेपाल हो गुदी सबै भारतको । बूढी ले खाजा ल्याइन डेलुक्सको बटुकोमा । म चाउ चाउको स्वादसंगै टी भिको रिमोट दबाएँ । स्टार प्लसमा कहिले नसकिने सीरियल आएको रहेछ मेरी बूढी जहिले त्यही हेरेर रुन्छे । रुदै गरोस । फेरी दबाएँ । जी सिनेमामा अन्धोले पनि बैंक लुटने फिलिम आएको रहेछ । मलाई पत्यार लागेन । फेरी दबाएँ । आस्था च्यन्नलमा रामदेवले भुंडी घटाउन सिकाउँदै रहेछन । कती नै नेपाली को भुंडी घटाउनु पर्ने छ र ? ४० % त निरपेक्ष गरीब छन । फेरी दबाएँ । आफ्नै प्यारो देशको च्यान्नल त आयो तर त्यसमा पनि अफसोच पारी कै फिलिम आएको रहेछ । फिलिम एकदम राम्रो रहेछ, हेर्दा हेर्दै भुसुक्क ।

म नालापानी मा हिंड्दै रहेछु । अचानक मैले एक खुकुरी र ढाल् धारी , बलिश्ठ छाती भएको पुरूषलाई हिडिरहेको देखेँ । उनको दाहिने हातको कान्छी औंलाबाट रगत बगिरहेको पनि देखे । उनी बीर बलभद्र कुंवर रहेछन । ममा हर्ष अचम्मको कुनै सिमा रहेन ।

उत्सुकता पूर्वक सोधें - तपाई ,,,,तपाई बलभद्र कुंवर हैन ? अग्रेजसंग लड़ने । नाइस टू मीट यू । मैले तपाईको बारेमा पढेको थिएँ चार कक्षा मा।

उनले निरास मुद्रामा भने -तिमीहरुले हाम्रो देशभक्ति र बलिदान मात्र किताबको पान्नामा सिमित गरेका छौ हैन ? ब्यवहारमा त बिदेशी बिलासिताका दास भएका छौ ।

मैले तत्कालै उत्तर दिएँ - लौ गरेका छौ नि । हामी हाम्रो राष्ट्र र भाषाको बिरुद्धमा जानेको बिरोध गर्छों । मैले भर्खरै पुतला जलाएर आएको । हेर्नुस हात कालै छ । टायर बालेको ।

ब्यङ्यात्मक पारामा सोधे - अनि देखाउनु भयो त आफ्नो देश भक्ति टायर बालेर ?

मैले गर्वका साथ भने - त्यसले हिन्दी भाषामा सपथ खायो अनि मैले बाल्दें त्यसको पुतला

मन्द मुस्कान छोद्दै भने - हिन्दी भाषामा सपथ खान्दैमा तिम्रो के बिग्रियो त ?

नेपाली भएर नेपाली भाषा प्रयोग नगरी किन हिन्दी प्रयोग गर्यो त त्यसले ?

उनी झनै ब्यङ्य गर्दै भने- त्यसो भए आफ्नो श्रीमतिको पुतला जलाऊ । उनी रातोदिन भारतीय उत्पादन प्रयोग गरेर खाना बनाउछिन । छोराको पुतला जलाऊ उसले भारतीय मोटरसाइकल चढ्छ । छोरीको पुतला जलाऊ । उनी रातोदिन भारतीय सिनेमा हेर्छिंन, भारतीय सौन्दर्य प्रशादन प्रयोग गर्छिन । तिम्रो त झन शरीर मात्र नेपाली हो नत्र नाडिको घड़ी , शर्त पाइंट , जुत्ता सबै भारतीय हो । आफ्नो पनि पुतला जलाऊ।

मलाई हीनता बोध हुदै गयो । सानो बच्चाले बाबुसँग गुनासो गरे झैं गरी भने - अनि के गरुँ त आफ्नै आँखा अगाडी राष्ट्रघात भएको हेर्न सकीन त्यही भएर ।

उनले मेरो कांधमा हात राख्दै मसिनो स्वरमा थाले - तिमीहरु यही त गल्ती गर्छौ नि । देश भक्ति प्रदर्शन गर्ने तरीका कती सजिलो छ । बाटोमा आयो टायर बाल्यो। आन्दोलन गर्यो ।

ममा हिनता बोधको मात्रा बढ्दै गयो। सानो स्वरमा भने - अनी के गर्नु त ?

एउटा सानो बालकलाई सम्झाए झै गरी भने - हेर हाम्रो देश आर्थिक रुपमा कमजोर छ । यस्तो देशलाई अरु सम्पन्न देशले हेप्ने गर्छन । अबको संसार खुकुरीको भरमा बिजय प्राप्त गर्ने र देश भक्ति देखाउने खालको रहेन । संसारलाई जित्न अब आर्थिक तथा बौधिक बिकास गर्नुपर्छ । यो नै देश भक्ति प्रदर्शन गर्ने एक मात्र तरीका हो । तिमी घरमा भारतमा बनेको खाध्यान्न खाएर , भारतीय कपडा र जुत्ता ,लगाएर भारतमै बनेको टायर बालेर भारतीय भाषाको बिरोध गरेको भरमा कसरी नेपाली देशभक्ती प्रदर्शन हुन्छ ?

मेरो मनमा चसक्क बिज्यो । म निशब्द भएर सुनी रहेँ ।

उनले थपे - यदि तिमी साचै देशभक्त नेपाली हौ भने आजदेखि स्वदेशी उत्पादनको प्रयोगलाई पहिलो प्राथमिकता देऊ । एक जनाले मात्र स्वदेशी उत्पादन प्रयोग गर्न थाल्यौ भने दिनमा मुलुकले कर स्वरुप कती पैसा पाउँछ ? सुरुमा तिमी आफु परिवर्तन होउ । त्यसपछि परिवारलाई परिवर्तन गर । अनि समाज परिवर्तन हुनेछ । यदि हरेक नेपालीले स्वदेशी उत्पादन मात्र प्रयोग गर्न थाले भने बर्षेनी कती रकम बिदेशिनबाट जोगिन्छ ? तिमीहरु सधैं अर्कामा भर पर्ने र अर्कालाई दोष दिएर बस्छौ । आफु केही गर्दैनौ ।
म नतमस्तक भएँ र भने - म लज्जित छू आफ्नो अज्ञानता देखी । उनले एउटा हात खुकुरी अर्को हात

ढालमा राख्दै भने - हिजो हामी जीबन र मृत्युको सबालमा बिदेशीसंग झुकेनौ तर आज तिमीहरु बिलासिताको लागी दिन प्रतिदिन बिदेशीसंग झुक्दै छौ । अझै पनि समय बितेको छैन । टायर बालेर देशभक्ति देखिदैन, कम्तिमा स्वदेशी उत्पादनलाई माया गर । तिमीले दिनमा एक रुपैयाको मात्र स्वदेशी सामानलाई प्राथमिकता दिएर किन्यौ भने तिमी जस्ता सवा दुई करोड नेपालीबाट देशले कति रकम पाउछ ?

मलाई भित्रबाटै प्रेरणाको दीप प्रज्वलित भएको अनुभव भयो । रक्तनलीमा नयाँ उर्जा सहित रक्त प्रवाह हुन थाल्यो । भर्खरै खाएको चाउ चाउको डकारमा ठुस्स भारतीय गन्ध आउन थाल्यो । आफ्नो पर्सबाट ह्यान्डी प्लास्ट निकाल्दै उनको घाऊलाई लक्षित गर्दै भने - त्यों घाऊबाट रगत बगिरहेको छ । यो टेप लगाउनु । रोकिन्छ ।

उनी मन्द मुस्कान छोद्दै भने - तिमीलाई यती धेरै देश भक्तीको कुरा बुझाएँ । म कसरी बिदेशी समान प्रयोग गरुँ । बरु म आज देश भक्ति दिबस मनाउने सोचेको छु । आज कुनै पनि चिज बिदेशी प्रयोग गर्ने छैन । टेप बिदेशी रहेछ , भई हाल्यो । यो रगत एकछिनमा बग्न छाड्छ । बरु सक्छौ भने तिमी पनि देश भक्ति दिबस मनाउ । मलाई अहिले हतार छ । साथीहरुको लागी पानी लीन जानुछ, किल्ला नजिकको मुहानमा ।

यती भन्दै उनी थुनिएको मुहान तीर लागे । म उनलाई पछ्यौन चाहन्थे तर कसैले बोलाए जस्तो लाग्यो ।
मेरी श्रीमतीले उठएकी रहेछिन । म मस्त निन्द्रामा रहेछु । मेरो शरीर पसीनाले भिजेको रहेछ । टाउको दुखेरा फुट्ला जस्तो भयो । छेवैमा म्यागी चाऊ चाऊको बचेको चौटा रहेछ । अब त रिस उठ्न थाल्यो । टी भीमा अघिको फिलिम कुद्दै रहेछ । दिक्क लाग्दो । बन्द गरिदिएँ । श्रीमतीलाई टाउको दुखेको कुरा गरें । उनले देहरादून फार्मसेउटिकाल्सको पारा सिटामोल ल्याइदीन । मैले भर्खरैको बलभद्रको घाऊ र उनको देशभक्ति दिबस सम्झिएँ । मन मनै अठोट गरेँ आज देशभक्ति दिबस मनाउने । पारा सितामोल देखी पारो तात्यो, फालिदिएँ एकतिर। एकछिन पछि टाउको दुखेको बिस्तारै कम भयो।

मेरो भनाइ

म ठुला कुरा गर्न चाहन्न । मलाई न कुनै पार्टीको उम्मेदवार बनेर चुनावमा भोट् माग्नु छ न त नयाँ पार्टी खोलेर आश्वासनको पोको बाढ्नु छ । सिधा कुरा देश गम्भिर संकटमा छ । मान्नुस् नमान्नुस् भारतले नेपालको राजनीतिमा हस्तक्षेप गरेकै थियो अब चाडै नै तराई टुक्राएर भारतमा मिलाउने र नेपाललाई सके सम्म सिक्किम नत्र भुटान बनाउने षड्यन्त्रमा लागेको छ । रात दिन सिमामा नेपाली चेली बलात्‍कृत हुँदै छन । नाबालक जल्दा जल्दैको टहरोबाट रात बिरात भाग्नु परेको छ । दाजु भाई भारतीय सिमा प्रहरीको बुट र कुन्दाले पिटाइ खाएर पीडित छन । हाम्रो प्रशासन र नेताको बारेमा कुरा नगरौ । उता बलात्कार भएर चेली चिच्याउदै छिन्, यता प्रशासन इन्ची टेप लिएर नाप्ने योजना बनाउदै छ ।

तसर्थ अब पालो युवा को हो । धेरै लेख्यौ आफुले आँफैलाई बहादुर भनेर अब केही गर्ने कि ? यो ब्लगको उद्देश्य भारतका नागरिकको बिरोध गर्न होइन बरु भारतीय गिद्दे दृष्‍टि बिरुद्ध एक जुट पार्नु हो । अब बेला आएको छ हिमाल पहाड र तराइ बासी नेपाली एक जुट हुन र देश बचाउन । बिशेष गरी तराइ मधेश बासी सच्चा नेपाली ले सोच्नु पर्ने बेला आएको छ कि तपाईंहरु चाडै नै बिहारी बनेर बस्ने कि नेपाली रहने ? तपाईं का षड्यन्त्रकारी नेताहरु नेपाल टुक्राएर नेपाललाई भारतमा मिसाउदै छन । अब होसियार हुनु होला ।

मेरो देश नेपाल सधैं त्यस्तै नै रही रह्यो । बन्द हड्ताल र आन्दोलन बाहेक केही हुन छोड्यो देशमा । भाई भाई आपसमा लड्न थाले । मुलुक फेरी बाइसी र चौबिसी हुन लाग्यो । अझै पनि केही नगर्ने हो भने धेरै ढिल भईसक्ने छ । तसर्थ देशभक्तीमा समर्पण गर्नको लागि मैले यो ब्लगको निर्माण गरेको हुँ ।

सबै लाई स्वागत छ :
यस ब्लगमा देशभक्ती सम्बन्धी गीत रचना देखी बिकासका पुर्वाधारहरुको बारेमा लेखिएका रचनाहरु टास गर्नेछु । नेपाल र नेपालीको निम्ती तपाईंहरुले लेख्नु भएका देख्नु भएका लेख, सल्लाह सुझाव र प्रतिकृयाको समेतको हार्दिक स्वागत गर्दछु । धन्यवाद ।