कान्तिपुर संवाददाता
कास्की, पोखराका एक युवाले इन्धन र विद्युत् बिनै चल्ने इन्जिन तयार गरेका छन् । इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थी महेश त्रिपाठीले ४ वर्षको अनुसन्धानपछि उपकरण बनाउन सफलता पाएको बताए ।
पेट्रोलियम पदार्थ र लोडसेडिङको मारले सर्वसाधारणलाई अप्ठ्यारो पारेपछि त्यसको विकल्प खोजीमा आफू लागेको उनले बताए । 'पर्मानेन्ट मेगनेटिभ पार्वर' -चुम्बकीय शक्ति) बाट चल्ने 'सुपर एम' नामक उपकरण नौलो रहेको दाबी पनि उनको छ । 'मैले इन्टरनेटमा पनि खोज गरे विश्वमा यस्तो उपकरण बनेको छैन' त्रिपाठीले दाबा गर्दै भने- 'यो विश्वमा नै अनुसन्धान नभएको नयाँ आविष्कार हो ।'
उपकरण चलाउका लागि उनले एउटा डिक्स जडान गरेका छन् जुन दौडिन्छ र चल्छ । उनको यो उपकरणमा हाल ३ सय न्युटन शक्ति क्षमता छ । उपकरणले जेनेटेर र ठूुला मोटरगाडी पनि यसबाट सजिलै चल्न सक्ने उनले बताए ।
बीस वषर्ीय त्रिपाठीको यस आविष्कारलाई शनिबार सिर्जना विकास केन्द्रले एक कार्यक्रमका बीच सार्वजनिक गर्यो । अनुसन्धानकै क्रममा १० औं पटकसम्मको परीक्षण असफल भएको उनले बताए । 'एघारांै प्रयासमा इन्जिनले मूर्तरूप लियो' उनले भने- 'अझै पनि यसलाई विस्तार गर्न बाँकी छ ।' उपकरणमा उनले चुम्बक, काठ, कीट, पंखालगायतका सामग्रीहरू प्रयोग गरेका छन् । यो प्रविधि आफैं चल्छ । जसका लागि कुनै इन्धनको आवश्यकता पर्दैन । इन्जिनमा उनले एउटा पंखा र बत्ती पनि जडान गरेका छन् ।
उनले उपकरण निर्माणका लागि व्यक्तिगत रूपमा एक लाखभन्दा बढी खर्च गरिसकेका छन् । स्थानीय रूपमा नै यसको विकास गर्न उनले भोला ढकालसँग मिलेर विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र खोलेका छन् । संयुक्त राज्य अमेरिकाको गागिज लाइटले दिएको ५० प्रतिशत छात्रवृत्तिले आफूलाई उपकरण निर्माण गर्न हौसला मिलेको उनले जानकारी दिए । 'राज्यले सहयोग गरेको खण्डमा यसलाई प्रयोग गरेर देखाउने थिए' उनले भने- 'प्रतिभाको कदर नहुँदा नरमाइलो लाग्छ ।'
Posted on: 2009-06-27 21:23:29
http://www.ekantipur.com/kolnepalinews.php?&nid=201406
Saturday, June 27, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment