दुर्गालाल केसी
दाङ, जेठ ३० - सीमा क्षेत्र अवलोकन गर्न आएको संसदीय र सर्वदलीय दुवै टोलीले नेपाली भूभाग अतिक्रमण र भारतीय पक्षद्वारा चरम ज्यादती भएको ठहर गरेका छन् ।
सभासद पदमलाल विश्वकर्माको संयोजकत्वमा आएको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समिति तथा एकीकृत माओवादीका सचिवालय सदस्य एवं राष्ट्रिय हित संरक्षण समिति सभापति अमिक शेरचनको संयोजकत्वमा आएको १८ दलको सर्वदलीय टोली सीमा क्षे त्रको अनुगमनपछि उक्त निष्कर्षमा पुगेका हुन् ।
'सीमा क्षेत्रमा खपिनसक्नु ज्यादती रहेछ, प्रत्येक गाउँबाट युवती हराएका छन्, कतिको हत्या भइसकेको छ, गाई, बाख्रा, खसी, धनमाल र अनाज नलुटिएका कुनै गाउँ नै छैनन्,' अनुगमन सकिएपछि संसदीय टोली संयोजक विश्वकर्माले खङ्ग्रा नाकामा कान्तिपुरसँग भने, 'सीमा सुरक्षामा तत्काल ध्यान नपुर्याए यस्ता घटना बढ्ने देखिन्छ ।'
राज्यको अनुपस्थितिका कारण सीमा क्षेत्रका युवतीहरू अपहरण, बलात्कार, हत्या र बेखबिखनमा परेको संयोजक विश्वकर्माले बताए । सीमा क्षेत्रका भारतीय नागरिक र सशस्त्र सीमा बल -एसएसबी) को ज्यादतीका कारण हजारौं नागरिक विस्थापित हुनुपरेको उनको भनाइ छ । 'सीमावासी भारतीय ज्यादती, यौनशोषण, अपहरण र लुट सहन नसकेर विस्थापित भएका रहेछन्, एसएसबीले दुई किलोभन्दा बढी खाद्यान्न ल्याउन रोक लगाइदिएकाले उनीहरूको दैनिक गुजारामा समेत बाधा पुगेको छ, उनीहरूले उठाएका समस्या जायज र यथार्थ भेटिए,' उनले भने, 'यसमा तत्काल सबै राजनीतिक दल र राज्यले गम्भीरता देखाउनुपर्छ ।' सीमा र सीमावासीको सुरक्षाका लागि सीमा क्षेत्रमा २/३ किलो मिटरको फरकमा सशस्त्र बल राख्नुपर्ने आवश्यकता महसुस भएको उनले जानकारी दिए । 'भर्खरै स्थापित भएका प्रहरी चौकीमा प्रहरी थप गनर्ुपर्छ, त्यो १० जना प्रहरीले कसरी गस्ती गर्ने, कसरी चौकी जोगाउने भन्ने समस्या देखियो,' विश्वकर्माले भने, 'अहिले भइरहेको लुट, हत्या, अपहरण र बलात्कारलाई सुरक्षा बलले थेग्न सक्दैन ।'
जेठ २६ गते जिल्लाको पूर्वी नाका कोइलाबासबाट पसेको संसदीय टोली र पश्चिमी नाका भौवाबाट पसेको सर्वदलीय टोलीले २२ वटै नाकामा एकैखाले समस्या भएको बताएका छन् । अधिकांश सीमास्तम्भ जीर्ण भएको, जंगे पिलर नभेटिएको, सबै ठाउँमा नयाँखाले पिलर भे टिएको र नेपाली भूमि अतिक्रमण भएको दुवै टोलीले बताएका छन् । सीमा क्षेत्रमा नापी नभएकाले कति भूमि अतिक्रमण भयो भनेर यकिन गर्न भने कठिन भएको टोलीले जनाएको छ ।
नेपाली भूमिमा भारतीय सशस्त्र बलले हतियारसहित गस्ती गर्ने र नेपाली रूख र घरहरूमा टाँचा लगाउने कार्यले नेपाली त्रसित भएको सवर् दलीय टोली संयोजक अमिक शेरचनले बताए । उनले राजपुरका रनियापुर र चिलोरियामा भारतले अतिक्रमण गरी आफ्नो भूमि दाबी गर्दै आएको जानकारी दिए । 'उनीहरूसँग नेपाली नागरिकता छ, त्यो भूमि पनि नेपालमै पर्छ तर भारतले आफ्नो दाबी गरी भारतीय नागरिकलाई पनि बसालेको पाइयो,' अनुगमनपछि शनिबार लमहीमा पत्रकार सम्मलेन गर्दै संयोजक शेरचनले भने, 'यो भारतको अतिक्रमण हो । खिरकी
नाकामा नेपाली बस्तीभित्र हतियारसहित आएर एसएसबीले रूख र घरहरूमा सीमाको टाँचा लगाइदिएको छ । यसले नेपालीहरू आतंकित भएर विस्थापित भएको पाइयो ।'
अनुगमनका क्रममा सीमा क्षेत्रका जंगलमा पुराना पिलरहरू पनि भेटिएका छन् । कोइलाबासदेखि तीन किलोमिटर दक्षिण भारततर्फ नेपाल बोर्डर पुग्न एक किलोमिटर बाँकी लेखिएको पुरानो ढुंगाको पिलर भेटिएको छ । उक्त पिलरमा भारतको जरवा पुग्न दुई किलोमिटर बाँकी ले खिएको छ जुन दूरी ठीक छ तर नेपालको दूरी मात्रै फरक परेको छ । जसअनुसार नेपाल भूमि दुई किलोमिटर मिचिएको टोलीको आशंका छ । 'यो पिलरले ठूलो आशंका उत्पन्न गरेको छ,' संसदीय टोलीका संयोजक विश्वकर्माले भने, 'यसबाट पछिल्लोपटक सीमास्तम्भ राख्दा नै नापी टोलीबाट गडबड भएको देखिन्छ । यसलाई हामी राज्य तहबाटै कूटनीतिक पहलका लागि गम्भीररूपमा कुराकानी गर्छौं ।'
अनुगमन टोलीले सीमा स्पष्ट नभएको बताएको छ । दसगजा क्षेत्र नछुट्याएको, सीमास्तम्भ हराएको तथा सीमास्तम्भ र बोर्डरलाइनको दूरी फरक भएकाले सीमा अस्पष्ट भएको टोलीको भनाइ छ । राज्यले तत्काल सीमा पुनर्ताजगीकरण र पुनरावलोकन गरी सीमा दुरुस्त पानर्ुपर्ने आवश्यकता रहेको टोली संयोजक विश्वकर्माले बताएका छन् । 'केही पिलर हराएका छन्, केही जीर्ण छन् । एसएसबीले सीमा यो होइन भनेर नेपाली क्षेत्रका ढुंगा र रूखहरूमा निसाना लगाउने गरेको छ,' उनले भने, 'यसले गर्दा सीमा अन्योलपूर्ण छ । यसलाई तत्काल दुरुस्त पानर्ुपर्छ । यसका लागि कूटनीतिक पहल गर्न हामी परराष्ट्र, भूमिसुधार र गृह मन्त्रालयलाई आग्रह गर्छौं ।'
अनुगमनमा सहभागी नापी विभागका अधिकारीले पनि सीमा दुरुस्त गनर्ुपर्ने बताएका
छन् । जिल्लाको कोइलाबासका दुई प्लटबाहेक कुनै पनि नाकामा नापी नभएकाले जमिन अतिक्रमण भएको स्पष्ट छुट्याउनसमेत कठिन भएको नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीले बताए । 'नापी पनि भएको छैन, दसगजा पनि छुट्याएको छैन,' उनले भने, 'यसले अतिक्रमणकारीलाई सजिलो बनाएको छ । जतिसक्यो छिटो दसगजा स्पष्ट गनर्ुपर्छ ।' नापी नभएमा अतिक्रमण बढ्ने सम्भावना भएकाले सीमा सुरक्षाका लागि तत्काल नापी गर्न जरुरी रहेको उनले बताए । सीमा क्षेत्रमा खाडल खन्नु सीमा नियमविपरीत भएको र यसले सीमा अतिक्रमण बढ्दै जान सक्ने नापी विभागका अधिकृत शशिनरसिंह रायमाझीले बताए । 'सीमारेखा लाइनमै लामा खाडलहरू खनिएको छ,' रायमाझीले भने, 'एकतर्फीरूपमा यसो गर्न पाइँदैन । केही गनर्ुपरे दुई देशको सहमति चाहिन्छ ।'
दाङ-कपिलवस्तु सीमा क्षेत्रको अर्रा नाकादेखि दाङ बाँके सीमा क्षेत्रको भौवा नाकासम्म ७९ पिलर रहेका छन् । जसमध्ये अधिकांश पिलर टुटे फुटेर जीर्ण रहेका र खबरी खोलास्थित ४८ नं. को -नयाँ ६०२/१) पिलर हराएको पाइएको नापी अधिकृत रायमाझीले बताए । 'पिलरहरू भत्केर सिमाना मेटिने अवस्थामा पुगिसकेका छन्,' उनले भने, 'यसको मर्मतका लागि सरकारलाई भनेको धेरै भइसक्यो, पाँच वर्षअघि पनि यस क्षेत्रका पिलरहरू जीर्ण थिए । अहिलेसम्म पनि केही पहल भएको छैन ।'
http://www.ekantipur.com/kolnepalinews.php?&nid=199067
Saturday, June 13, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment